Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

६० मिटर तल पुरिएको अवस्थामा फेला पर्यो छेडाका लोकबहादुरको शव

tribeni2

रुकुम पश्चिम / चैत्र १ गतेदेखि हराईरहेका रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ छेरा बस्ने अन्दाजी ६० बर्षिय लोकबहादुर केसीको शव फेला परेको हो ।

सोहि स्थानको छेडा देखि माछिमी जाने भित्रि सडक खण्डको गड्याङ भन्ने स्थानमा केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक देखि अन्दाजी ५०/६० मिटर तल माटोमा मृत अवस्थामा शव फेला परेको हो । उक्त शव माटो र ढुङगाले पुरिएको अवस्थामा भेटिएकोले हत्या गरिएको हुनसक्ने केसीका परिवारजनको भनाई रहेको छ ।

बोल्न नसक्ने लोकबहादुर घाँस काट्न भनि चैत १ गते घरबाट निस्कनु भएको थियो । चैत २ गते प्रहरीमा निवेदन परेपछि प्रहरीले खोजि कार्यलाई तिब्र पारेको थियो । डिएसपी भट्टराईको नेतृत्वमा रहेको प्रहरी टोलीले नेपाल प्रहरीको कुकुरको सहायताबाट खोजतलास गर्दा केसीको शव मंगलबार फेला परेको हो ।

डिएसपी भट्टराईले घटनाको अनुसन्धान भैरहेको बताउनुभयो । केहि शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्