Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रचण्ड-केपि ओली

प्रचण्ड ओलीः वालुवाटारमा भेटवार्ता

काठमाडौं ४ असार ।
tribeni2

प्रधानमन्त्री केपि शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबिच अहिले प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भैरहेको छ । सरकारले ल्याएका विभिन्न विधेयक प्रतिपक्षीको विरोध र पछिल्लो राजनीतिक घटनाबारे भेटमा छलफल भैरहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले केही दिन अघि पार्टीका नेता माधव कुमार नेपाललाई भेटेर आफुलाई सहयोग नगरेको भन्दै आपत्ती प्रकट गरेको बुझिएको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालसंग आफु एकताबाट बरु पछि हट्न सक्ने भन्दै चेतावनी दिएको उच्च स्रोतले जानकारी दियो । प्रधानमन्त्री निवास वालुवाटारमा अहिले हिजो संसद बैठकमा प्रधानमन्त्रीलाई बोल्न नदिएर प्रतीपक्ष दलले बैठक अवरोध गरेको, चर्को विरोधका कारण गुठी बिधेयक फिर्ता भएको लगायका बिषयमा कुरा भैरहेको छ ।

तत्कालीन एमाले र एमाओबादीबिच आलोपालो प्रधानमन्त्री बन्ने लगायतका सहमतीपछि एकता भएपनि हालसम्म प्रधानमन्त्री केपि शर्मा ओलीले आलोपालो प्रधानमन्त्री बन्ने बिषयमा कुनै धारणा सार्वजनीक नगरेपछि ओली र प्रचण्डबिचको सम्बन्ध चिसिएको चर्चा भैरहेका बेला भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र प्रचण्डबिच केही समयदेखी फोनवार्ता समेत नभएको समाचार देशसञ्चार अनलाइनले प्रकाशन गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १४:०६
प्रतिक्रिया दिनुहोस्