Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादीका कर्णाली प्रदेश सदस्य, समाजवादीका जिल्ला अध्यक्ष सहित ११ जना एमालेमा प्रवेश

tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष सहित ११ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य गङ्गाराम चनारा र नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमका अध्यक्ष हरिप्रसाद शर्मा लगायत एमालेमा प्रवेश गर्नुभएको हो ।

नेकपा एमाले रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटाका अनुसार चनारा र शर्मासँगै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रुकुम पश्चिमका सदस्य सुनिता चनारा, दलित मुक्ती मोर्चाको प्रदेश समिती सदस्य गोरख बिक, नेकपा माओवादी केन्द्रका गणेश बिक चिन्तन, तिलक बस्नेत, मिना मल्ल बस्नेत, नेकपा बहुमतका नेता कपिल बिक, असल क्षेत्री, डिल्ली राज शर्मा, शिव रसाईलीले नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार नेपागञ्जमा उहाँहरुलाई पार्टिमा स्वागत गर्नु भएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत उहाँहरुलाई पार्टीमा प्रवेश गराईएको एमाले रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्