Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महोत्सव आयोजकबाट क्यान्सरपीडितकाे उपचार र सामाजिक कार्यमा सहयोग

tribeni2

रुकुम पश्चिममा आयोजित साँस्कृतिक तथा व्यापारीक महोत्सव आयोजक समितिले मानवीय र सामाजिक कार्यमा सहयोग गरेको छ ।

समितिले दुई जना क्यान्सर पीडित बिरामी, स्थानीय कलाकार र जिल्ला ब्याडमिन्टन संघलाई आर्थिक सहयोग गरेको हो ।

फागुन २६ गतेबाट चैत्र ७ गतेसम्म मुसिकाेटमा भएको महोत्सवको क्रममा जिल्लाको सानीभेरी गाउँपालिका वडा नं ८ का १७ वर्षिय जनक ओली र त्रिवेणी गाउँपालिका १० का.बेलमती नेपालीको उपचारको लागि जनहि दश हजार सहयोग प्रदान गरिएको महोत्सव आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।

ओली र नेपाली दुबै जना क्यान्सरपीडित हुनुहुन्छ । उहाँहरुको उपचारमा सहयोग पुगोस् भन्ने मनसायका साथ सानो सहयोग गरिएको परियारको भनाई रहेको छ ।

त्यसैगरी मुसीकोट नगरपालिका १ बराहटाकुरामा रहेको कबर्डहलमा बत्ती राख्नको लागि पनि महोत्सव आयोजक समितिले रकम सहयोग गरेको छ । जिल्ला ब्याडमिन्टन संघका सचिव मनिष खड्कालाई बत्ति राख्नको लागि १२ हजार रकम हस्तान्तरण गरिएको हो । ब्याडमिन्टन खेलको थप विकासमा टेवा पुगोस भनेर सहयोग गरेको महोत्सव आयोजक समितिले जनाएको छ ।

त्यसैगरी स्थानीय कलाकारहरुलाई प्रोत्साहनको लागि ४० हजार रकम प्रदान गरिएको छ । स्थानीय जुम्बा डान्स ग्रुपलाई उक्त सहयोग गरिएको हो ।

“रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला संस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुमपश्चिमको सह–आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो । महोत्सव फागुन २६ गते देखि चैत्र ७ गते सम्म चलेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्