Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रदेशसभा सदस्य सुरुल पुनको रोजाईमा माओवादी केन्द्र

tribeni2

लुम्बिनी प्रदेशसभाकाे लागि स्वतन्त्र रूपमा निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोज्नुभएको छ । 

उहाँले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताउनुभएको हो ।     

पुन रुकुम पूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएको थियो । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उहाँ विजयी हुनुभएको थियाे । पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँ पुनः माओवादी केन्द्रमै फर्किनुभएको छ ।     

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोज्नुभएको थियो । उहाँले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनुभएको हो । पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराउनुभएको थियो । यो सँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेकाे छ । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्