Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लक्ष्मी बैंकद्वारा त्रिजमाविमा वित्तिय साक्षरता कार्यक्रम

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकाेटमा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।

लक्ष्मी बैंक मुसिकोट शाखाद्वारा बुधबार विद्यार्थीहरुलाई बित्तिय साक्षता सम्बन्धि अभिमुखिकरण गरिएको हो ।

लक्ष्मी बैंक मुसिकोट शाखाका प्रबन्धक पदम बहादुर केसीका अनुसार ‘विश्व वित्तिय सप्ताह’को अवसरमा विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धि अभिमुखिकरण गरिएको हो ।

बैंकको सामाजिक उत्तरदायीत्व समेत भएकोले विद्यार्थीहरुमा वित्तिय साक्षरताको परिचय, महत्व, आवश्यकता लगायतका विषयमा जानकारी दिईएको शाखा प्रवन्धक केसीले जानकारी दिनुभयो ।
वित्तिय साक्षरता कार्यक्रमको सहजिकरण शाखा प्रवन्धक केसीसहित सरस्वती केसी, हिमाल पाण्डे, विकाश सिंह ठकुरीले गर्नुभएको थियो ।

कक्षा ११ र १२ मा अध्ययनरत करिब ५० जना विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको हो । विद्यालयका प्राचार्य हरिप्रसाद खनालले विद्यार्थीहरुलाई वित्तिय साक्षरताको बारेमा अभिमुखिकरण गरेर थप साक्षर बनाउने मौका मिलेको बताउनुभयो ।

प्राचार्य खनालले वित्तिय साक्षरता कक्षाले विद्यार्थीहरुलाई बित्तिय विषयसँग सम्बन्धित विभिन्न जानकारीहरु ग्रहण गर्न सहयोग पुगेको समेत उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्