Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विद्यालयबाट फर्कदै गर्दा ढुङगा लागेर बालकको मृत्यु

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा एक बालकको ढुङगाले लागेर मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ११ गोईरी निवासी महेन्द्र परियारका ९ वर्षिय छोरा दिप रोशन परियारको बिहिबार बेलुका मृत्यु भएको हो ।

विद्यालयबाट फर्कदै गर्दा ढुङगाले लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार बालक परियार विद्यालयबाट फर्कने बेला गोईरी भन्ने ठाउँमा माथिबाट खसेको ढुङगाले टाउकोमा लागेको थियो । करिब ६०/७० मिटर माथिबाट आएको ढुङगा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको डिएसपी भट्टराईले जानकारी दिनुभयो ।

परियार स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए । घटनास्थल बालकको घरभन्दा करिब तीन सय मिटरको दुरीमा रहेको छ ।

ढुङगा के, कसरी खस्यो भन्ने कुरा नखुलेको र अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्