Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा साउन यता १०३ जना क्षयरोगी उपचाररत

सचेतनाको अभाव हुँदा क्षयरोग नियन्त्रणमा चुनौती
tribeni2

आठ महिनाको अवधिमा रुकुम पश्चिममा क्षयरोगका १०३ जना नयाँ बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षको साउन महिना देखि फागुन मसान्तसम्म जिल्लामा १०३ जना नयाँ क्षयरोगका बिरामी भेटिएका हुन् ।

स्वास्थ्य सेवा कार्यालयले विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा यस आर्थिक वर्षमा १०३ जना क्षयरोगका बिरामी उपचाररत रहेको खोप सुपरभाईजर कृष्ण खड्काले जानकारी दिनुभयो ।

'हो, हामी क्षयरोग अन्त्य गर्छौ' भन्ने नाराका साथ भएको कार्यक्रममा सुपरभाईजर खड्काले जिल्लाका विभिन्न स्थानहरुमा उहाँको उपचार भईरहेको जानकारी दिनुभयो । क्षयरोगीको स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा डट्स विधिबाट उपचार हुने गरेको छ ।

सुपरभाईजर खड्काले क्षयरोगको निदान तथा उपचारका लागि जिल्लामा ३२ वटा डट्स सेन्टर, ६ वटा माईक्रोस्कोपि केन्द्र, एक वटा जिनएक्पर्ट केन्द्र र एक वटा डि आर सव सेन्टर रहेको जानकारी गराउनुभयो ।

जिल्लामा हरेक वर्ष क्षयरोगका बिरामीहरु फेला पर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । स्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७,७८ मा १३२ र आर्थिक वर्ष ०७८,०७९ मा १७६ जना क्षयरोगका बिरामी फेला परेका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल अधिकृत डा. धिरजकुमार दासले सचेतनाको अभावमा क्षयरोगीहरु लुकेर बसेको बताउनुभयो । क्षयरोगका बारेमा जानकारी नहुँदा यसको नियन्त्रण गर्न चुनौती रहेको डा. दासले उल्लेख गर्नुभयो । उहाँले लक्षण नदेखिएर पनि क्षयरोग लाग्ने गरेको बताउनुभयो । सबैजना सचेत, जागरुप भएर अभियानकै रुपमा क्षयरोग बिरुद्ध लाग्नुपर्ने उहाँको भनाई रहेको छ ।

दिवसकै अवसरमा स्वास्थ्य सेवा कार्यालयले बिहिबार केहि विद्यालयहरुमा हाजिरी जवाफ समेत आयोजना गरेको थियो । जनस्वास्थ्य निरीक्षक कालिबहादुर ओलीले जसरी पनि सचेतना बढाउन आवश्यक रहेकोले कार्यालयको तर्फबाट विभिन्न खालका गतिविधिहरु सञ्चालन भईरहेको जनाउनुभयो ।

लक्षण देखिएका र शंका लागेका हरेक व्यक्तिले बेलैमा जाँच गराउन आवश्यक रहेको समेत ओलीले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्