Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा नमूना प्रश्नपत्रबाट हुबहु प्रश्न सोधिएपछि चौतर्फि आलोचना

tribeni2

रुकुम पूर्व / उत्तरपुस्तिका हुबहु सारेमा वा अर्काको चोरेमा विद्यार्थीलाई कारबाहि हुन्छ, अनुतिर्ण बनाईन्छ । तर, प्रश्न पत्र नै हुबहु गरेर सोधिएमा के हुन्छ होला ? रुकुम पूर्वको सिस्ने गाउँपालिका अहिले यस्तै जिज्ञासा सिर्जना भएको छ ।
जिल्लााको सिस्ने गाउँपालिकाले तयार पारेको गाउँपालिका स्तरिय परीक्षाको एक विषयमा सबै प्रश्नहरु बजारमा पाईने नमूना प्रश्नपत्रबाट हुबहु सोधिएपछि अहिले सर्वत्र बिरोध भएको छ ।

जिल्लाको सिस्ने गाँउपालिकामा माध्यमिक तह कक्षा ९ को अनिवार्य गणितको परीक्षामा त्यस्तो प्रश्नहरु सोधिएको पाईएको हो । 

जानकारी अनुसार गाउँपालिकामा गत चैत्र ६ गतेदेखि वार्षिक परीक्षा सुरु भएको छ । जसअन्तर्गत परिक्षाको दोसो दिन चैत ७ गते अनिवार्य गणित विषयको परीक्षा बनाईएको थियो । उक्त दिन विद्यार्थीहरुलाई सोधिएका प्रश्न पत्रमाथी अहिले विवाद भएको हो ।

प्रश्नपत्रहरु बजारमा पाईने नमूना प्रश्नपत्रको सेटबाट हुबहु सारिएको पाईएको छ । 'करिकुलम डेभलपमेन्ट सेन्टर'ले तयार पारेर बजारमा ल्याएको प्रश्नपत्रको पुरै सेट नै उतार गरेर विद्यार्थीहरुलाई सोधिएपछि प्रश्न निर्माणकर्ता र सिस्ने गाउँपालिका प्रति नै गुणस्तरिय शिक्षाको सवालमा प्रश्न उब्जिएको छ ।

उक्त दिनको परीक्षाका सोधिएका १६ वटै प्रश्नहरु नमूना प्रश्नपत्रबाट सारिएको पाईएको छ ।

गाउँपालिका छुट्टै परीक्षा समिती छ । जसमा गाउँपालिकाका विभिन्न बिद्यालयका शिक्षकहरुलाई समेटिएको छ । प्रश्नपत्र निर्माणको लागि भन्दै समितिका शिक्षकहरुलाई काजमा खटाइएको छ भने सेवा सुबिधा समेत तोकिएको छ ।

यस बिषयमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मंगलसिंह बुढाले आज मात्रै उक्त कुरा जानकारीमा आएको बताउनुभयो । गाउँपालिकाका सबै विद्यालयहरुका प्रधानाध्यापकहरुको बैठकबाट परिक्षा व्यवस्थापन समिति बनाएको, त्यस अन्तर्गत पनि प्रश्नपत्र निर्माण समिति निर्माण गरेको बताउनुहुँदै शाखा प्रमुख बुढाले गाउँपालिकाले बिषयगत शिक्षकहरुकाे सहभागीतामा प्रश्नपत्र निर्माणको जिम्मा दिने गरेको उल्लेख गर्नुभयो ।

तर कक्षा ९ को अनिवार्य गणित बिषयकाे परीक्षामा हुबहु प्रश्न नमूना प्रश्न पत्रको सेटबाट सारिनु बिडम्बनापूर्ण भएको उहाँको भनाई छ । यस बिषयमा चाँडै नै गाउँपालिकामा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

जिम्मेवारी लिएका प्रश्नपत्र निर्माणकर्ताबाट लापरबाहिपूर्ण तरिकाले प्रश्नपत्र निर्माण भएको भन्दै सामाजिक सञ्जालहमा आलोचना भईरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्