सोसल मिडिया
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले प्रेसमाथि कहीँबाट पनि कुनै खतरा नभएको स्पष्ट पारे ।
आमसञ्चार माध्यमलाई ऐन मार्फत व्यवस्थित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रमा देखिएको आन्तरिक तथा बाह्य चुनौतीले धेरै समस्या सिर्जना गरेको बताए ।