Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रदेशसभा सदस्यका सचिवालय सचिव तथा अनेरास्ववियूका केन्द्रिय सदस्य बिसी माथी रुकुममा कुटपिट

tribeni2

रुकुम पश्चिम / कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्का सचिवालय सचिव एवम् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का केन्द्रिय सदस्य हुकुम बि.सी. माथि कुटपिट भएको बताईएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) रुकुम पश्चिम र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन केन्द्रिय समितिले आज एक बिज्ञप्ती जारी गर्दै बिसी माथी आक्रमण तथा कुटपिट भएको जनाएका हुन् ।

अनेरास्ववियूका रुकुम पश्चिम जिल्ला अध्यक्ष समेत रहनुभएका बिसीलाई रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ सिम्लीमा नेकपा एमालेका कार्यकर्ताबाट आक्रमण भएको बिज्ञप्तीमा जनाईएको छ ।

प्रदेश सभा सदस्य कल्याणी खड्काको साथमा सुर्खेत जाने क्रममा सिम्ली पुगेको बेलामा राजनीतिक प्रतिरोधको कारण नेकपा एमाले जिल्ला कमिटी सदस्य खड्क बस्त्रकार लगायतले बिसीलाई कुटपिट गरेको नेकपा (एकिकृत समाजवादी) का कार्यबहाक जिल्ला अध्यक्ष माधव प्रसाद गौतमले जानकारी दिनुभयो ।

नेकपा (एकिकृत समाजवादी)का कार्यबहाक जिल्ला अध्यक्ष माधव प्रसाद गौतम र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले छु्ट्टाछुट्टै बिज्ञप्ती जारी गरेर उक्त घटनामा संलग्न व्यक्तिलाई कारबाहिको माग गर्नुभएको छ ।

यस घटनाको बिषयमा नेकपा एमाले रुकुम पश्चिमले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्