Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा अटो दुर्घटना हुँदा ६ जना घाईते, चालकको अवस्था गम्भिर

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरीगाउँमा अटो रिक्सा दुर्घटना भएको छ ।

रा १ ह ७१९९ नम्वरको अटो रिक्सा दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएका छन् ।

मुसिकोट नगरपालिकाका नगर प्रहरी सहायक निरिक्षक उमेश केसीका अनुसार मुसिकोट १ खलंगा देखि मुसिकोट १३ छिवाङ चौतारा जान लागेको रिक्सा सेरीगाउँनेर दुर्घटना भएको हो ।
अटो दुर्घटनामा मुसिकोट नगरपालिका १४ का ३१ वर्षिय अटो चालक रोशन बिष्ट सहित ६ जना घाईते हुनुभएको छ ।

दुर्घटनामा परेर मुसिकोट नगरपालिका ३ का वडा सदस्य ३६ वर्षिया खिमा खड्का, मुसिकोट १४ का ३८ वर्षिय बिर्खबहादुर बिष्ट, सोहि गाउँका ३७ वर्षिय सरिता ओली विष्ट, सानीभेरी गाउँपालिका ९ का २३ वर्षिय रनबहादुर विष्ट र निजकाे ६ बर्षिया छाेरी सपना बिष्ट घाईते हुनुभएको छ ।

घाईते मध्य चालक रोशन बिष्टको अवस्था गम्भिर रहेको बताईएको छ । 

घाईतेहरु सबैलाई मुसिकोट नगरपालिकाको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल सल्लेमा लिईएको नगर प्रहरी सहायक निरिक्षक उमेश केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्