Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रिक्सा दुर्घटनामा गम्भिर घाईते भएका तीन जनालाई हेलिकोप्टर मार्फत लगियो

tribeni2

रुकुम पश्चिम / आईतबार दिउँसो रुकुम पश्चिमको मुसीकोट नगरपालिका –५ सेरीगाउँमा अटो रिक्सा दुर्घटना हुँदा गम्भिर घाईते भएका तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ ।

घाईते ६ जना मध्य तीन जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारको लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिनुभयो ।

गम्भिर घाईते भएका रोशन बिष्ट, खिमा खड्का र सरिता ओली बिष्टलाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको हो । बिष्टको टाउकोका साथै शरिरका अन्य भागमा, खड्काको पेट तथा छातीमा र ओली खुट्टा र शरिरका अन्य भागमा चोट लागेको बताइएको छ ।

रा १ ह ७१९९ नम्वरको अटो रिक्सा मुसीकोट नगरपालिका १ खलंगा देखि मुसीकोट नगरपालिका १३ छिवाङ चौतारा जाने क्रममा दुर्घटना भएको थियो ।

अटो दुर्घटनामा मुसीकोट नगरपालिका १४ का ३१ वर्षिय अटो चालक रोशन बिष्ट, मुसीकोट नगरपालिका ३ का वडा सदस्य ३६ वर्षिया खिमा खड्का, मुसीकोट नगरपालिका १४ का ३८ वर्षिय बिर्खबहादुर बिष्ट, सोहि गाउँका ३७ वर्षिय सरिता ओली विष्ट, सानीभेरी गाउँपालिका ९ का २३ वर्षिय रनबहादुर विष्ट र उहाँकी ६ बर्षिया छोरी सपना बिष्ट घाईते हुनुभएको छ ।

घाईतेमध्य अन्य तीन जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ । अटो रिक्सा तिब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्