Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा पहिलो पटक गैसस महासंघ गठन, अध्यक्षमा लिलामणी गौतम चयन

२०७९ चैत १३
tribeni2

गैर सरकारी संस्था महासंघ नेपाल रुकुम पूर्वको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

आईतबार सम्पन्न प्रथम जिल्ला अधिवेशन तथा प्रथम साधारण सभाबाट लिलामणी गौतमको अध्यक्षतामा प्रथम कार्यसमिति चयन गरेको छ ।

सात सदस्यीय गैसस महासंघ रुकुम पूर्व शाखाको उपाध्यक्षमा सुशिला शर्मा दाहाल, सचिवमा कृष्ण बुढा मगर, सह सचिवमा गोपाल प्रसाद सुनार र कोषाध्यक्षमा विष्णु देवकोटा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा हरिबहादुर थापा र लक्ष्मण बुढा रहनुभएको छ ।

गैसस महासंघ नेपालका केन्द्रिय अध्यक्ष राम सुवेदीको उपस्थितीमा रुकुम पुर्व शाखा गठन गरिएको हो ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्