Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको खरखरेमा जीप दुर्घटना, दुई जना घाईते

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोटमा जीप दुर्घटना भएको छ । सोमबार बिहान मुसिकोट नगरपालिका ३ स्थित खरखरेमा रा १ त १२६४ नम्वरको डबल क्याप बोलेको जीप दुर्घटना भएको हो ।

मुसिकोट नगरपालिकाका नगर प्रहरी सहायक निरिक्षक उमेश केसीका अनुसार दुर्घटनामा परेर दुई जना घाईते भएका छन् । घाईते हुनेहरुमा चौरजहारी नगरपालिका ३ का २२ बर्षिय जीप चालक बिन्दास घर्ती मगर र सल्यानको बागचौर नगरपालिका ४ पेदिखोलाका १९ वर्षिय सह चालक धर्म राज बस्नेत रहेका छन् ।

जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ । जीपमा दुई जना मात्र सवार रहेको बताईएको छ । मुसिकोट खलङगाबाट तरकारी बोकेर सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।

घाईते मध्य चालक घर्तीको ढाड, अनुहार र हातखुट्टामा चोट लागेको छ भने सह चालक बस्नेतको बाँया हातमा चोट लागेको छ ।

घाईते दुवै जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । दुबै जना खतरामुक्त रहेको बताईएको छ । जीप अनियन्त्रित भएर दुर्घटना भएको बताईएको छ । 

 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्