Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका स्ववियु पदाधिकारीहरुलाई चौरजहारीमा सम्मान तथा बधाई

tribeni2

रुकुम पश्चिम / हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट अध्यक्ष सहित अन्य पदमा चयन हुनुभएका कर्णाली प्रदेशका स्ववियु पदाधिकारीहरुलाई रुकुम पश्चिमको चौरजहारीमा सम्मान सहित बधाई ज्ञापन गरिएको छ ।

अखिल (क्रान्तिकारी)का तर्फबाट कर्णाली प्रदेशका १० वटै जिल्लाका १६ वटा क्याम्पसहरुमा निर्वाचित स्ववियु अध्यक्ष सहित विभिन्न पदमा जित हाँसिल गरेका विद्यार्थी नेताहरुलाई सोमबार बधाई ज्ञापन तथा सम्मान गरिएको हो ।

अखिल क्रान्तिकारी कर्णाली प्रदेशको आयोजना तथा रुकुम पश्चिमको व्यवस्थापनमा नव निर्वाचित विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो । सबैलाई प्रमाण–पत्रले सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । कर्णाली प्रदेशका विभिन्न १६ वटा क्याम्पसमा जितेर प्रदेशमा पहिलाृे भएको उपलक्ष्यमा चौरजहारी स्थित भेरी नदि किनारमा बनभोज कार्यक्रम समेत गरिएको अध्यक्ष केसीले उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, माओवादी केन्द्रका नेता विशाल शर्मा, अखिल क्रान्तिकारी कर्णाली प्रदेश इन्चार्ज तिर्सना हमाल, अखिल कान्तिकारीका केन्द्रिय उपाध्यक्ष अमरजङ, केन्द्रिय महासचिव दिपेश पुन लगायतको आतिथ्यता रहेका थियो ।

कार्यक्रममा सम्मान, बधाई ज्ञापन, प्रमाणपत्र प्रदान गरिनुका साथै परिचयात्मक कार्यक्रम समेत राखिएको थियो । नवनिर्वाचित अध्यक्षहरुले आफ्नो क्याम्पसको अवस्थाको बारेमा जानकारी गराएका थिए । स्ववियुले खेल्नुपर्ने भूमिकाको बिषयमा पनि प्रशिक्षण राखिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष केसीले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०७:०३
प्रतिक्रिया दिनुहोस्