Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जीवनउपयोगी सीपका कक्षा संचालन गर्न शिक्षकलाई तालिम

tribeni2

जाजरकोट/ बिद्यालयमा जीवन उपयोगी सीप सम्बन्धी कक्षा संचालन गर्नका लागि शिक्षक तालिम संचालन गरिएको छ । पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित अवसर दोस्रो परियोजनाको आयोजनामा मंगलबारदेखि ३ दिने उक्त तालिमको संचालन गरिएको हो ।

कक्षा ९ र १० मा अध्ययन गर्ने बालबालिकाहरुको निर्णय गर्ने क्षमता, नेतृत्व विकास, आत्म बिश्लेषण, तनाव ब्यवस्थापन, किशोर किशोरीहरुको प्रजनन स्वास्थ्य र प्राबिधिक तथा ब्यवसायिक तालिम जस्ता जीवनउपयोगी सीपका बिषयमा बिद्यालयमा सेसन संचालन गर्न शिक्षकको क्षमता विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

उक्त तालिममा कुशे गाउँपालिका जाजरकोटका ५ माध्यामिक बिद्यालयका १० जना, भेरी नगरपालिका जाजरकोटका ६ माध्यामिक बिद्यालयका १२ जना र पहाडी क्षेत्र विकास अभियान जाजरकोटमा शिक्षा क्षेत्रमा कार्य गर्ने ३ जना गरि २५ जना सहभागि रहेका छन् ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रण बहादुर कार्कीको अध्यक्षता, भेरी नगरपालिका जाजरकोटका नगर प्रमुख चन्द्र प्रकाश घर्ति मगरको बिशेष आतिथ्यता र नगरपालिकाकै शिक्षा शाखा प्रमुख अमृत पुनको आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

१४ देखि १६ चैत्र सम्म संचालन हुने उक्त तालिमको सहजिकरण सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अनन्त बि.क. र पहाडी क्षेत्र विकास अभियान जाजरकोटका परियोजना संयोजक बिनोद पोखरेलले गरिरहनुभएको छ ।

तालिम पश्चात बिद्यालयमा प्रत्येक हप्ताको एक दिन कक्षा ९ र १० मा अध्ययन गर्ने बालबालिकाहरुलाई जीवनउपयोगी सीपका सेसनहरु संचालन गर्ने उदेश्यले तालिम आयोजना गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रण बहादुर कार्कीले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्