Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
बिजुली बत्ती

बल्यो हर्दिमा बत्ती

गैँडाकोट, ७ अषाढ ।
tribeni2

अजय पौडेल/माया कंडेल

नवलपुरको गैंडाकोट ३ हर्दीका स्थानीयमा खुशी छाएको छ । त्यो खुशी बिद्युतको सेवा पाएपछिको हो । गैडाकोट ३ हर्दीमा ६७ घरधुरी रहेका छन । ६७ घरधुरी मध्ये शुक्तबार १९ घरधुरीमा बिद्युत जडान गरिएको हो ।

नेपाल बिद्युत प्राधिकरणको ३५लाख लगानी र गैडाकोट वडा नम्बर ३ को व्यवस्थापन र स्थानीयको श्रमदानमा मा विद्युत सेवा पुगेको हो । गैडाकोट नगरपालीकाका नगरप्रमुख छत्रराज पौडेल र गैडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले संयुक्त रुपमा बत्ती बाली उदघाटन गरे ।

स्थानीय खडक बहादुर पाण्डेको घरमा विजुली बालेर उदघाटन गरिएको हो । कार्यक्रममा बोल्दै गैडाकोट नगरपालीकाका नगरप्रमुख छत्रराज पौडेलले चुनावमा गरेको प्रतिबद्धता पुरा गरेको बताउदै गैडाकोटमा बिद्युतिकरण नपुगेका अन्य क्षेत्रमा पनि बिद्युत सेवा पु¥याउने बताए । यसका लागि गैँडाकोटको आन्तरिक स्रोतबाट लगानी गर्नुपरेपनि आफू तयार रहेको बताए ।

गैडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बिजुली बिस्तारका लागि धैरै समयको पहलपछि विजुली बाल्न सफल भएकोमा हर्षीत भएको बताए । स्थानीयको साथ र सहयोगले वडाको अन्य क्षेत्रको पनि बिकास गर्न सहयोग पुग्ने बताए ।

 

तिवारीले नेपाल विद्युत प्राधिकरणको ठूलो सहयोग, स्थानीयको जनश्रमदान र नगर, प्रदेश र संघिय सांसदहरुको सयोगमा विद्युतीकरणको कामले सफलता पाएको बताए ।

हर्दिका सबै घरधुरीमा छिटोभन्दा छिटो विजुलीका लागि मिटर जडान हुने छन् । तनहुँबाट विजुलीको तार ल्याइ विद्युतीकरणलाई सहजता दिइएको छ । हर्दिको विद्युतीकरणको लागि करिब ७० पोल र १० किलोमिटर तारको प्रयोग भएको नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले बताए ।

रिजालका अनुसार विद्युतीकरणका लागि करिब ३५ लाख जति प्राधिकरणको लगानी रहेको छ । पत्रकार श्रीधर उपाध्यायले विद्युतीकरणको कामले मौलादेवी आधारभूत विद्यालयका ५० भन्दा बढी विद्यार्थी, हर्दिमा कटेज सञ्चालनमा ल्याएका व्यवसायि बढी लाभान्वित हुने बताए ।

हर्दिमा पुगेका गैँडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेल, समाजसेवी धनप्रसाद सापकोटा, ललितचन्द्र सापकोटाले वडाबासीमा विकासको लहरले खुसी छाएको र अहिले शिवजीले खेल्नुभएको भूमिकामा प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा कार्यालयका सामाजिक परिचालक इन्द्रज्योती पोख्रेलले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य हर्दी केलादी सामुदायीक बनका अध्यक्ष ललितचन्द्र सापकोटाले राखेका थिए ।

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०८:०६
प्रतिक्रिया दिनुहोस्