Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एसइईको तयारी पुरा, २३ केन्द्रमा चार हजार २१६ विद्यार्थीले परीक्षा दिदै

tribeni2

रुकुम पश्चिम / देशभर शुक्रबार देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत रुकुम पश्चिममा सम्पूर्ण तयारी पुरा भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले परिक्षाको तयारी पुरा भएको जानकारी दिएको छ । इकाईका सूचना अधिकारी डायमण्ड पुनका अनुसार जिल्लामा २३ वटा परीक्षा केन्द्रमा तोकिएको छ भने केन्द्राध्यक्षहरुलाई आवश्यक अभिमुखिकरण गरेर प्रश्न पत्र र उत्तरपुस्तिका सहित केन्द्रमा पठाइसकिएको छ ।

केन्द्राध्यक्षलाई अभिमुखिकरण गर्ने, परीक्षा केन्द्रसम्म प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउने देखि अन्य व्यवस्थापनका काम पुरा भएको सूचना अधिकारी पुनले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष जिल्लाबाट जम्मा चार हजार २१६ जना परिक्षार्थी एसइई परीक्षामा सहभागी हुनेछन् । नियमित तर्फ चार हजार १७४ र ग्रेड बुद्धि तर्फ ४२ जना विद्यार्थी सहभागी रहने छन् । नियमित अन्तर्गत साधारण तर्फ चार हजार ९३ जना विद्यार्थी रहेका छन् । जसमध्य दुई हजार ६ जना छात्र र दुई हजार ८७ जना छात्रा रहेको पुनले बताउनुभयो ।

त्यसैगरी प्राविधिकतर्फ ४७ जना छात्र र ३४ जना छात्रा गरेर ८१ जना परिक्षामा सहभागी हुने बताईएको छ । ग्रेडबृद्धि तर्फ १९ जना छात्र र २३ जना छात्रा सहभागी हुनेछन् ।

प्राविधिकतर्फ गत वर्ष शीतल माविका विद्यार्थी रहेका थिए भने यस वर्ष थप दुई विद्यालयका प्राविधिक तर्फका विद्यार्थीहरुले एसइई दिनेछन् । यस वर्ष शीतल माविसँगै राप्ती ज्ञानोदय मावि र भेरी दोभान माविमा प्राविधिक तर्फको केन्द्र सञ्चालन हुनेछ ।

जिल्लामा रहेका एक खुला सहित ७७ वटा सामुदायिक विद्यालय र पाँच वटा संस्थागत विद्यालय गरी कुल ८२ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । दुई वटा संस्थागत माविमा भने यो वर्ष विद्यार्थी नरहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्