Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका मुख्यमन्त्री शर्माले दोश्रो पटक विश्वासको मत लिनु हुने

tribeni2

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भोलि चैत १७ गते प्रदेश सभाको विश्वासको मत स्पष्ट पार्नुहुने भएको छ । मुख्यमन्त्री भइसकेपछि उहाँले दोस्रो पटक विश्वासका मत लिनुहुने भएको हो ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपरेको हो । कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपाले केन्द्रको सत्ता समीकरण फेरिएपछि फागुन १८ गते समर्थन फिर्ता लिएको थियो ।

यसअघि माघ ६ गते मुख्यमन्त्री शर्माले पहिलोपटक संसदबाट विश्वासको मत पाउनुभएको थियो । त्यतिबेला राप्रपासहितका २५ जना सांसदले उहाँलाई विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्