Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रेमिका भेट्न रुकुमबाट हुम्ला गएका एक युवा मृत फेला

२०७९ चैत १६
tribeni2

रुकुम पूर्व / प्रेमिका भेट्न भन्दै रुकुम पूर्वबाट हुम्ला गएका एक युवा मृत फेला परेका छन् । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ६ मयाङ्गका संसार घर्ती मगर मृत फेला परेका हुन ।

गत मङ्सिर ६ गते प्रेमिका भेट्न भनी हुम्ला हिडेका घर्ती लामो समयसम्म बेपत्ता रहेका थिए । चैत १२ गते उनको शव भेटिएको बताईएको छ ।

चंखेली गाउँपालिका हुम्लामा कार्यरत एक कर्मचारीसँग प्रेम सम्बन्ध रहेको भन्दै चार महिना अघि भेट्न हिडेका उनी गत चैत्र १२ गते हुम्ला नदिको खोचमा मृत अवस्थामा फेला परेको परिवारका सदस्यले जनाएका छन् ।

स्थानीय माझिहरुले नदिको खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पश्चात ४ दिनपछि घर्तीका आमा बुवा शव पहिचानका लागि हुम्ला पुग्नुभएको थियो ।

घर्तीका बुवाआमाले छोराको पहिचान गर्नुभएको हुम्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रेमिका भनिएकी एक युवती सहित अन्य ३ जनालाई पक्राउ गरि घटनाको अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्