Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महासंघ स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

tribeni2

रुकुम पश्चिम / नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला सदरमुकाम खलंगाको कालिकाथान परिसरमा बिहिबार बेलुका दिप प्रज्वलन गरिएको हो ।

नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको शाखाका सचिव हिरा परियारले जानकारी दिनुभयो । देशभर आज विभिन्न कार्यक्रमहरु आयोजना गरेर स्थापना दिवस मनाएको जानकारी दिनुहुँदै सचिव परियारले रुकुम पश्चिममा दिप प्रज्वलन गरिएको बताउनुभयो ।

दिप प्रज्वलन कार्यक्रममा जिल्लास्थित क्रियाशिल पत्रकारहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, उद्योगी–व्यवसायीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्