Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पाखोबारीमा लगाईएको अफिम खेती फडानी

tribeni2

रुकुम पश्चिम / रुकुम प्रहरीले पाखोबारीमा लगाईएको अफिम खेती फडानी गरेको छ ।

शनिबार जिल्लाको आठबिसकोट नगरपालिका १३ स्थित हम्फा भन्ने स्थानमा लगाईएको अफिम खेती फडानी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार छुट्टाछुट्टै स्थानमा गरेर अन्दाजी ८/९ कठ्ठा जग्गामा लगाईएको अफिम खेती नष्ट गरिएको हो ।

ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरिक्षक बिक्रम सुवेदीको नेतृत्वको गएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो । डिएसपी भट्टराईका अनुसार अफिम खेती भईरहेको बिशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो ।

पाखोबारीमा लगाईएको खफिम खेती नष्ट गरिएको र कसले खेती गरिरहेको भन्ने कुराको अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्