Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथामा बालविकास सहजकर्तालाई क्षमता विकास तालिम

२०७९ चैत १९
tribeni2

रुकुम पूर्व / जिल्लाको पुथा उत्तरगङगा गाउँपालिकामा क्षमता विकास तालिम सन्चालन गरिएको छ । गाउँपालिकाको आयोजनामा बालविकास सहजकर्ताहरुलाई पुनर्ताजकी मन्टेश्वरी क्षमता विकास तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिकाका सूचना अधिकारी समिर गिरीका अनुसार आईतबार देखि पालिका भित्रका बाल शिक्षकहरुको लागि पाँच दिने क्षमता विकास तालिम सुरुवात गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन कँडेलको अध्यक्षतामा तालिम उद्घाटन सत्र सम्पन्न भएको सूचना अधिकारी गिरीले जानकारी दिनुभयो । बालविकास शिक्षकहरुलाई मन्टेश्वरी शिक्षण विधिसँग परिचित गराएर कक्षा कोठामा कार्यान्वयन गराउन तालिम सञ्चालन गरिएको बताईएको छ ।

तालिमको उद्घाटन सत्रमा सेतो गुरास बालविकास सेवा रोल्पाका प्रशिक्षक टीका कुमारी बुढा, सहायक प्रशिक्षक रामप्रिया बुढा मगर, प्रशिक्षक तुल्सी चन्द लगायतको आथित्यता रहेको थियोे । उद्घाटन कार्यक्रमको सन्चालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्