थाइराइड रोकथाम र न्यूनिकरणका केहि घरेलु उपाय

  • बिष्णुहरि आचार्य

बदलिँदो जीवनशैलीका कारण वर्तमान समयमा आम नागरिकमा देखिने हर्मोनल बिकृतिजन्य रोग मध्य थाइराइड पनि एक हो। हर्मोन भनेका हाम्रो शरिरमा सन्तुलन कायम गर्ने महत्वपूर्ण मेशिन जस्ता अंग हुन् । यि हर्मोनमा आउने नकारात्मक प्रभावले शरिरको सन्तुलन बिग्रन जान्छ।

त्यसमध्येको एउटा महत्त्वपूर्ण हर्मोन थाइराइड हो। जस्ले शरीरमा सन्तुलन कायम गर्न महत्वपूर्ण भुमिका खेलिरहेको हुन्छ। थाइराइडग्रन्थि घाँटिमा रुद्रघन्टिको साइडमा अवस्थित हर्मोन हो। जीवनशैलीमा आएको परिवर्तन, तनावजन्य दिनचर्या, आयोडिनको कमी, संतुलित आहार सेवनमा उतारचढाव, मनको बिचलन जस्ता कारणले थाइराइड हर्मोनमा बिकृति पैदा हुने गर्दछ।

थाइराइड हर्मोन बढ्दा पनि मानव शरिरको सन्तुलन बिग्रन्छ भने घड्दा पनि विभिन्न असन्तुलित लक्षणहरु देखिने गर्दछ्न्। थाइराइड बढ्नु वा ग्रन्थि हर्मोन वृद्धि हुनुलाई हाइपर थाइराइजम भनिन्छ। थाइराइड घट्नु, खुम्चनु वा ग्रन्थि हर्मोन कम हुनुलाई हाइपोथाइराइजम भनिन्छ।

वर्तमान समयमा थाइराइड समस्या महिला, पुरुष र बालबालिकामा समेत देखिन थालेको छ। जसले शरिरको सन्तुलन बिगार्नु देखि लिएर अनिद्रा, उच्च रक्तचाप, मृगौला समस्या, बाँझोपन एनिमिया, मधुमेह र डिप्रेसन जस्ता रोगहरु बढाउन समेत भुमिका खेलिरहेको हुन्छ।

रोकथाम तथा न्युनिकरण

सन्तुलित आहार, आयोडिनयुक्त तत्वको आपूर्ति, व्यवस्थित जीवनशैली र तनावरहित दिनचर्या नै थाइराइड न्यूनिकरणको महत्वपूर्ण आधार हो। नियमित योग, प्राणायामले थाइराइड ग्रन्थिलाइ सन्तुलनमा राख्न महत्वपूर्ण भुमिका खेलिरहेको हुन्छ।

ओम उच्चारण, भ्रामरि, शितलि, सितकारि जस्ता प्राणायाम र सिंहासन र बज्र आसन जस्ता प्रयोगात्मक अभ्यासले हाम्रो शरिरका विभिन्न हर्मोनहरुमा सकारात्मक उर्जा थप्दछ्न् । जसले ति रोग न्युनिकरणमा भुमिका खेलिरहेको हुन्छ।

केहि घरेलु उपाय

- ५० एमएल पालकको सागको जुस बनाइ उक्त जुसमा ५ ग्राम जिरा पाउडर र ५ एमएल मह मिसाइ बिहान साँझ खाली पेटमा खाने । उक्त औसधी नियमित १ महिना प्रयोग गरि १ हप्ता रोकेर पुन सुरु गर्ने।

- १ चम्चा धनियालाइ १ गिलास पानीमा भिजाएर राख्ने र बिहान ५ मिनेट जति पकाएर ५० एमएल को मात्रामा खाली पेटमा खाने।

- कोइरालो (कान्चनार) को बोक्रा जम्मा गरि सफा गरेर पाउडर तयार गर्ने । उक्त चुणलाइ ३,३ ग्रामको मात्रामा बिहानसाँझ खाली पेटमा प्रयोग गर्ने ।

- समय समयमा सम्बन्धित बिशेषज्ञको परामर्श लिइ राखौ । यि आयुर्वेद तथा घरेलु योगले थाइराइड ब्यवस्थापन र न्युनिकरणमा महत्वपूर्ण भुमिका खेल्नेछ्न् ।

(लेखक आचार्य, जिल्ला आयुर्वेद रुकुम पुर्वका कार्यालय प्रमुख तथा योग अभियान्ता हुनुहुन्छ।) 

सम्बन्धित लेखहरु ....

कमलफूलको औषधिय विशेषता

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्