Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा क्रान्तिकारीका रमेश स्ववियु अध्यक्षमा निर्विरोध

अखिल (क्रान्तिकारी), नेवि संघ र अनेरास्ववियु बिच सहमती भएपछि निर्विरोध निर्वाचित भएको घोषणा
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) का रमेश के.सी.को अध्यक्षतामा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को कार्यसमिति निर्विरोध चयन भएको छ ।

सोमबार स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत डम्बर बहादुर खड्काले एक सूचना जारी गर्नुहुँदै निर्विरोध स्ववियूको कार्यसमिति चयन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का रमेश के.सी., सचिवमा अनेरास्ववियुका दिनेश ओली, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका दुर्गाप्रसाद बि.क. निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा नेपाल विद्यार्थी संघका उष्माणी पुन मगर र अखिल क्रान्तिकारीका बिमल बुढाथोकी, बिष्णु ओली र यमराज डाँगी निर्वाचित हुनुभएको छ ।

बन्द सूचिमा मनोनयन दर्ता भएका मध्य समानुपातिक सूचिबाट सदस्य पदमा निर्वाचित हुनुभएका नेपाल विद्यार्थी संघका करिष्मा के.सी.लाई उपाध्यक्ष र अखिल (क्रान्तिकारी) का नरेन्द्र खड्कालाई सहसचिवमा पदमा सर्वसम्मत गरिएको छ ।

त्यसैगरी समानुपातिक तर्फबाट सदस्य पदमा नेपाल विद्यार्थी संघका चन्द्रमा ओली र अखिल (क्रान्तिकारी) का लोकेन्द्र बि.क. निर्वाचित हुनुभएको छ ।

मध्यपश्चिम विश्व विद्यालय अन्तर्गत रुकुमपश्चिममा रहेको एक मात्र यस क्याप्पसमा चैत्र ३ गते निर्वाचनको मिति तय गरिएको थियो । तर निर्वाचनको क्रममा अध्यक्ष पदका उम्मेदवार करिष्मा केसीको मनोनयन रद्ध गरिएपछि अदालतमा मुद्धा परेको थियो ।

उच्च अदालत सुर्खेतले फागुन ३० गते मंगलबारका दिन क्याम्पसमा दर्ता भएको मनोनयन यथास्थितीमा राख्न र प्रकाशन भएको मतदाता नामावली तथा कामकारबाहिको सूचना कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश गरेको थियो । त्यस यता रोकिएको स्ववियु निर्वाचन प्रक्रिया आज तीन विद्यार्थी संघ तथा संगठन बीचको सहमति पश्चात निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्