Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाल अधिकार समितिका पदाधिकारीलाई घटना ब्यवस्थापन र मनोसामाजिक सहयोग तालिम

tribeni2

जाजरकोट जाजरकोटका तीन स्थानीय तहका बाल अधिकार समितिका पदाधिकारीहरुलाई घटना ब्यवस्थापन र मनोसामाजिक सहयोग सम्बन्धी तालिम संचालन गरिएको छ ।

जिल्लाका भेरी नगरपालिका, शिवालय गाउँपालिका र कुशे गाउँपालिकाका बाल अधिकार समितिका पदाधिकारीहरुलाई ४ दिने तालिमको सोमबार एक समारोह बिच उद्घाटन गरिएको हो ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित अवसर दोस्रो परियोजनाको अग्रसरता र स्थानीय तहसंगको समन्वयमा उक्त तालिमको आयोजना गरिएको हो ।

उक्त तालिममा बाल अधिकार समिति कुशे गाउँपालिकाका ५ जना, शिवालय गाउँपालिकाका ३ जना, भेरी नगरपालिकाका ४ जना र परियोजनाका कर्मचारी ९ जना गरि २१ जनाको सहभागिता रहेको छ ।

तालिममार्फत बाल अधिकार समितिलाई सक्रिय र सशक्त बनाई जोखिममा रहेका बालबालिकाहरुको पहिचान गरि उनिहरुको समस्याको उचित सम्बोधन र ब्यवस्थापन गर्न सहयोग पुर्याउने उदेश्यले तालिमको आयोजना गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका परियोजना संयोजक जानकी खड्काले जानकारी दिनुभयो ।

भेरी नगरपालिका ४ जाजरकोटमा रहेको होटेल रयाडिसनमा संचालन गरिएको उक्त तालिमको सहजिकरण किडार्क कालिकोटका मनोसामाजिक परामर्शदाता डिल बहादुर शाहि र सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संयोजक अनन्त बि.क. ले गर्नु भएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्