Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने बुढालाई जन्मकैद

tribeni2

दैलेख / दैलेखमा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा एक जनालाई जन्मकैदको फैसला भएको छ ।

दैलेख जिल्ला अदालतले २३ वर्षीय अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका –३ सेरीवाडाका ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैद फैसला गरेको हो ।

सोमबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले जन्मकैद (२५ वर्ष), पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २८ सय रुपियाँ तिर्नुपर्ने फैसला गरेको हो ।

शारीरिक अपाङ्गता भएकी महिलालाई २०७८ असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०७८ असार ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए ।

घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत गत साउन ३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्