Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मलेसियामा मृत्युदण्डको नीति हट्यो

tribeni2

मलेसियाकाे संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ । संसद्ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै हत्या, आतङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृत्युदण्डको सजाय हट्ने बीबीसीले जनाएको छ ।

मृत्युदण्डको अन्त्यका लागि गएको हप्ता मलेसियाको संसदमा दुई वटा विधेयक दर्ता गरिएका थिए । तिनै विधेयक आज संसदले पारित गरेको हो ।

मलेसियामा ३४ वटा अपराधमा मृत्युदण्ड दिने व्यवस्था रहेकोमा ११ वटामा अनिवार्य मृत्युदण्ड दिइन्थ्यो । अझै पनि असाधारण घटनाहरूमा भने मृत्युदण्डको आदेश दिन सक्ने न्यायाधीशहरूले स्वविवेकीय अधिकार कायमै राखिएको छ ।

मलेसियामा अहिले मृत्युदण्ड तोकिएका एक हजार तीन सय ४१ जना कैदीहरू मृत्युदण्डको पर्खाइमा रहेका छन् । अब उनीहरूको ज्यान जोगिनसक्ने बीबीसीको खबरमा उल्लेख छ । नयाँ कानुनले यसअघि नै मृत्युदण्डको फैसला सुनाइएका तर सजाय पाउन बाँकी मानिसहरूलाई पनि ९० दिनभित्र सजायबारे पुनरावेदन माग गर्ने समय दिनेछ ।

अझैसम्म मृत्युदण्डको सजाय दिइने विश्वका ५३ देशहरूमध्ये मलेसिया पनि एक हो । - एजेन्सी

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्