Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एशियन लाइफद्वारा पाँच जना बिद्यार्थीलाई छात्रबृति प्रदान

tribeni2

रुकुम पश्चिम / एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ औं वार्षिकोत्सवको अवसरमा पाँच जना बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरेको छ ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट नगरपालिका १ सल्लेमा रहेको सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत पाँच जना छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सिनियर अभिकर्ता सन्तोष ओलीका अनुसार कक्षा ७ मा अध्ययनरत तनुज रसाइली, कक्षा ७ कै रमेश बि.क., कक्षा ८ का शिशिर खड्का, कक्षा ६ का अनुशा रसाइली र कक्षा ३ का टोपीराम पुनलाई छात्रबृति प्रदान गरिएको हो ।

एक औपचारिक कार्यक्रमका बीच शैक्षिक सामाग्री वितरण गरेको हो । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष डम्मर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रम मुसिकोट नगरपालिका १ का वडा सदस्य अन्जना बि. सी. को प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम शाखाका शाखा प्रमुख याजन रोका, त्रिवेणी गाउँपालिका ९ का वडा सदस्य तथा कम्पनीका अभिकर्ता सिनियर सन्तोष ओली, विद्यालयका प्रध्यानाध्यापक खम्बुसिं थापा, पुर्व विब्यस अध्यक्ष पुर्ण बिसी, कम्पनीका लेखा अपरेसन प्रमुख उमेश बुढा, विब्यस पदाधिकारी, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विध्यालयका शिक्षक टिकाराम बिष्टले गर्नुभएको थियो ।

२०६४ चैत्र २१ गते बाट कारोबार सुरुवात गरेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका १५४ भन्दा धेरै शाखा तथा उपशाखा मार्फत सेवा दिदैँ आइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्