Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १२ को तुसारे खेतमा १८ लाखको तटबन्धन निर्माण

tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिका वडा नम्वर १२ को तुसारे खेतमा तटबन्ध निर्माण गरिएको छ ।

भु तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतको आर्थिक सहयोगमा तटबन्ध निर्ण गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष धिरण सिर्पालीले जानकारी दिनुभयो । उहाँका अनुसार लामीखेल तुसारे खालीतरा तटबन्धन तथा सिँचाई उपभोक्ता समिति मार्फत योजना सम्पन्न गरिएको हो ।

वडा अध्यक्ष सिर्पालीले उक्त योजनाको अनुगमन गरिएको र प्राविधिक स्टीमेट अनुसार योजना निर्माण गरेको पाईएको बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष दिपक कुमार ओलीले कुल १८ लाख १२ हजार ८८० को लागतमा योजना सम्पन्न गरिएको बताउनुभयो । उहाँका अनुसार भु तथा जलाधार व्यवस्थापन कार्यालयको १४ लाख ४० लाख र जनसहभागिताबाट तीन लाख १२ हजार ८८० रकम लगानी भएको छ ।

उक्त आयोजनाबाट ९९ जना लाभान्वित हुने बताईएको छ । आयोजना निर्माणको लागि गत माघ १२ गते सम्झौता गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्