Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा जोखिममा परेका बालबालिकालाई सहयोग

tribeni2

रुकुम पश्चिम / सानीभेरी गाउँपालिकाले गाउँपालिका भित्रका अति जोखिममा परेका बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

गाउँपालिका भित्रका १३ जना बालबालिकालाई आपतकालिन बाल उद्धार कोष मार्फत प्रतिव्यक्ति १० हजारका दरले सहयोग प्रदान गरिएको हो ।

बाल अधिकार अधिकृत मानबिर ओलीका अनुसार गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले आज मंगलबारका दिन उक्त सहयोग प्रदान गर्नुभएको हो ।

बाल अधिकार अधिकृत ओलीका अनुसार केहि दिन अघि आठ जना र आज ५ जना बालबालिकालाई उक्त सहयोग उपलब्ध गराईएको हो । चार जना मध्य १ जनालाई ११ हजार र ४ जना बालबालिकालाई १० हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

आमाबुवा नभएका तथा अर्काको संरक्षणमा रहेका ११ जना बालबालिका¸ १ जना आगोले पोलेर घाइते र १ जना क्यान्सर रोग लागेका बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्