Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रिय वन प्राविधिक सञ्जालको महासचिवमा रुकुमका शेरबहादुर निर्वाचित

tribeni2

काठमाडौं / नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालको दोश्रो राष्ट्रिय अधिवेशन काठमाडौमा सम्पन्न भएको छ ।

अधिवेशनबाट प्रेम प्रकाश सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । सञ्जालको बरिष्ठ उपाध्यक्षमा सिर्जना श्रेष्ठ र उपाध्यक्षमा उश्मिता शाही, रामशरण बिक र गणेश प्रसाद तिवारी चयन हुनुभएको छ ।

अधिवेशनबाट महासचिवमा शेरबहादुर परियार निर्वाचित हुनुभएको छ । परियार डिभिजन वन कार्यालय रूकुम पश्चिमका कार्यालय प्रमुखसँगै रूकुमेली वन प्राविधिक समाजको अध्यक्ष समेत हुनुहुन्छ ।

अधिवेशनबाट सचिवमा सरोज वल्लभ भट्टराई, प्रेम कुमार शाह र रुपक खत्री चयन हुनुभएको छ भने कोषाध्यक्षमा सुष्मा गिरी चयन हुनुभएको छ ।

सञ्जालमा सात प्रदेशबाट एक/एक जना पदेन सदस्य र आठ जना सदस्य निर्वाचित हुनुभएको छ । सञ्जालको सल्लाहकारमा रामहरि पन्थ चयन हुनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्