Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महासंघ रुकुम पश्चिम उत्कृष्ट शाखाको रुपमा सम्मानित

tribeni2

कालिकोट / नेपाल पत्रकार महासंघ रुकुम पश्चिम उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ ।

मंगलबार कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको सुनथराली बिमानस्लथमा भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभाको अवसरमा रुकुम पश्चिम शाखालाई सम्मान गरिएको हो ।

कर्णालीका १० जिल्ला शाखाहरु मध्य कार्यसम्पादनको आधारमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो ।

कार्यक्रममका प्रमुख अथिति कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीलाई सम्मान सहित उत्कृष्ट शाखाको प्रमाण पत्र प्रदान गर्नुभएको छ ।

कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी र पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलको बिशेष आथित्यता रहेको थियो ।

पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाको अध्यक्षमा भएको उक्त कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका पत्रकारहरु, स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्