Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको झुल्नेटामा लक्ष्मी बैंकको १८० औं एटिएम सेवा शुभारम्भ

कर्णाली प्रदेश भित्रका गाउँपालिकामा पहिलो एटिएम सेवा
tribeni2

रुकुम पश्चिम / लक्ष्मी बैंकले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -३ झुल्नेटामा बुधबारबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको झुल्नेटा शाखाले १८० औं एटिएम सेवाको रुपमा उक्त सेवाको शुभारम्भ गरेको जनाएको छ ।

एक कार्यक्रमका बीच त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसीले एटिएम सेवाको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा अध्यक्ष केसीले बैंकको सेवा प्रवाहलाई थप व्यवस्थित र छरितो बनाउन एटिएम सेवा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सर्वसाधारणहरु बैंकिङ सेवाको लागि जिल्ला सदरमुकाम या अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने उहाँको भनाई रहेको छ ।

ग्राहकहरुको मागलाई मध्यनजर गर्दै औपचारिक रुपमा एटिएम सेवा सञ्चालनमा ल्याएको लक्ष्मी बैंक त्रिवेणी शाखाका प्रवन्धक रुपशिला डाँगीले जानकारी दिनुभयो । उहाँले त्रिवेणीको झुल्नेटामा सञ्चालनमा आएको एटिएम सेवा कर्णाली प्रदेशका गाउँपालिका स्तरमा रहेका शाखाहरु मध्य पहिलो भएको दाबी गर्नुभयो ।

शाखा प्रवन्धक डाँगीका अनुसार रुकुम पश्चिममा लक्ष्मी बैंकले चार वटा शाखा, एक वटा एक्सटेन्सन काउन्टर र तीन वटा एटिएम मार्फत सेवा दिईरहेको छ ।

एटिएम सेवा उद्घाटन कार्यक्रममा लक्ष्मी बैंकका क्षेत्रीय संचालन प्रमुख केशव बिक्रम सेनले लक्ष्मी बैंकले दिईरहेको सेवा बारेमा जानकारी दिनुभयो । उहाँले हाल देशभर १४४ शाखाहरु, १४ एक्सटेन्सन काउन्टर र १८० एटिएम सेवा मार्फत सेवा प्रवाह गरेको बताउनुभयो ।

एटिएम सेवा उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमबहादुर घर्ती, विभिन्न वडाका वडाअध्यक्षहरु, व्यापारी, स्थानीयवासीहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्