Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कोरोनाको नयाँ भेरियन्ट देखा परेकोले स्वास्थ्य मापदण्ड पालना गर्न रुकुम प्रशासनको अनुरोध

tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

पछिल्लो समय छिमेकी देशहरुमा कोरोना १९ को नयाँ भेरियन्ट देखा परेको र संक्रमणदर बढेको भन्दै शुक्रबार एक सार्वजनिक सूचना मार्फत स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले कोरोना १९ को नयाँ भेरियन्ट रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन सबैले स्वास्थ्य मापदण्ड पालना गर्न अत्यावश्यक रहेको जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने हुने स्थानहरुमा मास्क स्यानीटाईजरको प्रयोग गर्न, सिट क्षमता भन्दा बढी यात्रु नराख्न, चालक दल र सबै यात्रुहरुले अनिवार्य मास्क लगाउन, एक अर्का बीचमा भौतिक दुरी कायम गर्न र व्यक्तिगत सरसफाई लगायत स्वास्थ्य मापदण्ड पालनाको व्यवस्था गर्न गराउन अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्