Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महाकाली मावि समिबोटमा नि:शुल्क आँखा जाँच तथा उपचार शिविर

tribeni2

रुकुम पश्चिमको मुसिकोटमा निशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न गरिएको छ ।

मुसिकोट खलंगामा रहेको आँखा स्वास्थ्य सेवा तथा चश्मा घरको आयोजनामा महाकालि माध्यमिक विद्यालय समिबोट रातामाटामा शुक्रबार एक दिने शिविर सम्पन्न गरिएको हो ।

शिविरबाट ९४ जना सर्वसाधाहरुले सेवा लिएको बताईएको छ । दृष्टि बिशेषज्ञ मन्दिप गौतम र नेत्र सहायक पुष्पा पोख्रेलले निशुल्क आँखा जाँच तथा उपचार गर्नुभएको थियो ।

दृष्टि बिशेषज्ञ गौतमका अनुसार ६० जना महिला र ३४ जना पुरुषले शिविरबाट सेवा दिनुभएको छ । शिविरमा आएका मध्य ४० जनामा मोतिबिन्दु, दुई जनामा जलबिन्दु, २० जनामा दृष्टि दोष र एक जनामा डेडोपनाको समस्या रहेको गौतमले उल्लेख गर्नुभयो ।

शिविरबाट आवश्यकताको आधारमा निशुल्क औषधि र सशुल्क चश्मा वितरण गरिएको थियो । शिविरमा सबैभन्दा जेष्ठ ९५ बर्षिया मनसरी पुनले आँखा जाँच तथा उपचार सेवा लिनुभएको छ ।

आँखा स्वास्थ्य सेवा तथा चश्मा घरले जिल्लाका बिभिन्न स्थानहरुमा निशुल्क शिविरबाट सेवा दिदै आएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्