Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
बलत्कार, रुपन्देही

दुई युवतीमाथी सामुहिक बलत्कार

रुपन्देही ९ असार ।
tribeni2

रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाकाका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको घट्ना बाहिर आएको हो ।

पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन घट्ना ढिलाइ भएको स्थानीयले बताएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

पक्राउ परेका ज्ञवालीलाई जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । दुई यवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए । बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् ।

भागेकी युवतीलाई हसनापुर गाउँमा स्थानीयवासी जीवन ज्ञवालीसहित चार जनाले बलात्कार गरेका हुन् । गुहार माग्दै गएकी उनलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेको पीडितले बताएको गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले बताए ।

 

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १३:०६
प्रतिक्रिया दिनुहोस्