Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महिला कृषकलाई ५० वटाका दरले कुखुरा वितरण

२०७९ चैत २५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा महिला कृषकहरुलाई कुखुरा वितरण गरिएको छ ।

रुकुमकोट महिला वहुउद्देश्यिय कृषि सहकारी संस्था लि. का २५ जना महिला कृषकहरुलाई एक हजार २५० कुखुरा वितरण गरिएको हो ।

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, रुकुमकोट रुकुम पुर्वले ग्रामिण कुखुरापालन कार्यक्रम अन्तर्गत कुखुरा रअन्य सामाग्री वितरण गरेको हो ।

कार्यालयका प्रमुख पिताम्बर बस्नेतले २५ जना महिला कृषकहरुलाई ५० वटाका दरले ६ हप्ते न्यूहेम्पसायर र अस्ट्रोलोप जातका कुखुराहरु, खुवाउने दाना, ओषधि, दाना र पानी खुवाउने भाँडाकुडा वितरण गरिएको जानकारी दिनुभयो ।

महिलाहरुलाई कुखरापालन व्यवसायमा आबद्ध गराई आर्थिक उपार्जन गर्न सहयोग पुर्याउन कुखुरा वितरण गरिएको जनाईएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्