Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लघुबित्त पीडितहरुद्वारा प्रशासनको गेटमा दिनहुँ धर्ना

मागहरु वेवास्ता गरिएको गुनासो
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा लघुबित्तिय संस्थाहरुद्वारा पीडित भएको भन्दै दिनहुँ जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम हुँदै आएको छ । पछिल्लो पटक लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समितिले चैत २१ गते देखि निरन्तर प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिदैं आएको छ ।

संघर्ष समितिका जिल्ला अध्यक्ष कर्मी केसीले न्यायको माग सहितका विभिन्न पाँच वटा माग राखेर धर्ना गरिरहेको बताउनुभयो । उहाँले शान्तिपूर्ण धर्ना कार्यक्रमको कुनै पनि तहबाट सुनुवाई नभएको समेत जनाउनुभयो ।

स्थानीय सरकारका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी लगायत कुनै पनि निकायले लघुबित्त पीडितका मागहरुको वास्ता नगरेको उहाँको भनाई रहेको छ । राजनीतिक दलहरुले समेत ऐक्यबद्धता जाहेर गर्न नसकेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

संघर्ष समितिले अव धर्ना कार्यक्रमको स्वरुप बदल्ने जनाएको छ । सोमबार पनि धर्ना दिने र त्यस लगत्तै पीडितहरुको बैठक बसेर मङगलबारबाट आन्दोलन सशक्त बनाउने बताईएको छ । अध्यक्ष केसीले जुलुस, नाराबाजी लगायतका कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

संघर्ष समितिले नवसामन्तीको रुपमा स्थापित लघुत्तिय संस्थाहरु खारेज गरिनुपर्ने, लघुबित्तिय सस्थाहरुद्वारा लगाईएको सामुहिक ऋण मिनाह गरिनुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गरिनुपने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गरिनुपर्ने र समाजवादमूलक अर्थतन्त्रको निर्माण गरिनुपर्ने मागहरु राखेर धर्ना गर्दै आएका छन् ।

लघुबित्त पीडितहरुले केन्द्रदेखि जिल्लास्तरसम्म बिरोधका कार्यक्रमहरु गर्दै आएका छन् । गत मङसिर महिनामा पीडितहरुको भेला मार्फत जिल्लास्तरिय संघर्ष समिति गठन गरेर विभिन्न बिरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।

जिल्ला संघर्ष समितिका अनुसार जिल्ला सदरमुकाम आसपासमा मात्र दुई सय सर्वसाधारणहरु लघुबित्तिय संस्थाबाट पीडित भएको तथ्याङक रहेको छ । यस बाहेक जिल्लाभर धेरै जना पीडित रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्