Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा सालनाल सहित मृत भेटिएको शिशुको सनाखत हुन सकेन

tribeni2

रुकुम पश्चिममा सालनाल सहित मृत अवस्थामा फेला परेको एक शिशुको सनाखत हुन सकेको छैन ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ११ चौरस्थित ठुलोभेरी किनारमा चैत २२ गते मृत अवस्थामा फेला परेको शिशुको सनाखत हुन नसकेको हो ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक बिक्रम सुवेदीका अनुसार पाँच दिन पहिले समयावधि नपुगेको अन्दाजी ७/८ महिनाको पुरुष जातको शिशुको शव वेवारिसे अवस्थामा फेला परेकाे थियो ।

प्रहरी निरीक्षक सुवेदीले मृतक शिशुको घटनास्थल लाशजाँच प्रकृति मुचुल्का सहितको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेर पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्लेको शवगृहमा राखिएको बताउनुभयो । उहाँले मृतक शिशुको आफन्ती फेला नपरेकोले सनाखत हुन नसकेको बताउनुभयो ।

घटनाको अनुसन्धान भैरहेको बताईएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्