Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा चक्कु प्रहार गर्ने चारजना पक्राउ

tribeni2

रुकुम पश्चिमको चौरजहारीमा एक पुरुष माथी कुटपिट र चक्कु प्रहार गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामान्य विवादको क्रममा चौरजहारी नगरपालिका -१ का ५९ बर्षिय डिलबहादुर भाटलाई चक्कु प्रहार गर्ने चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा चौरजहारी नगरपालिका -१ का १८ वर्षिय बिनोद विष्ट लगायतका रहेका छन् । अन्य तीन जनाको विवरण खुलाईएको छैन ।

उनीहरुले सामान्य विवादको क्रममा भाट माथी कुटपिट गर्नुका साथै चक्कु प्रहार गरेका थिए । कुटपिट तथा चक्कु प्रहारबाट भाटको बाँया हात र बाँया गालामा काटिएको छ ।

प्रहरीका अनुसार घाईतेको चौरजहारी अस्पतालमा उपचार भईरहेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्