Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

संसार र रीना–कालिमायाका पारिवारलाई गाउँपालिकाले दुई लाख किरिया खर्च दिने

कार्यपालिका बैठकबाट शोक प्रस्ताव पारित
२०७९ चैत २८
tribeni2

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका निवासी मृतक संसार घर्ती र रीना–कालिमाया बुढा (दिदिबहिनी) का परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने भएको छ ।

गाउँ कार्यपालिकाको सोमबार सम्पन्न १२ औं बैठकले पुथा उत्तरगंगा -६ मयाङका संसार घर्ती र वडा नम्वर -३ रन्माका रीना बुढा र कालिमाया बुढाका परिवारलाई प्रतिपरिवार दुई लाख रुपियाँ किरिया खर्च दिने निर्णय गरेको हो ।

गत मङसिर ८ गते देखि हराएका २२ बर्षिय संसार घर्ती चैत १२ गते कर्णाली नदिमा मृत अवस्थामा फेला परेका थिए । उनी जुम्लामा रहेकी प्रेमिकालाई भेट्न भन्दै घरबाट गएको बताईएको छ । यस घटनामा जुम्ला प्रहरीले प्रेमिका भनिएकी युवतीसहित केहिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताईएको छ ।

त्यसैगरी रन्मा गाउँका तारामान बुढाका दुई छोरीहरु पनि चैत २३ गते घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए । ११ बर्षियf रीना र ९ बर्षियf कालिमाया सिस्नो टिप्न भनेर २३ गते घरबाट निस्किएपछि सम्पर्कविहिन भएका थिए ।

खोजी कार्य गर्दा दुवै दिदिबहिनीहरु लगाएको गहना लुटिएको अवस्थामा मृत भेटिएका थिए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई बालिकालाई पक्राउ गरेको जनाएको छ ।

यी दुई घटनाको विषयमा गाउँपालिकाले शोक विज्ञप्ती समेत निकालेकाे छ । गाउँपालिका अध्यक्ष पुनिराज घर्तीद्वारा हस्ताक्षरित शोक प्रस्तावमा रिना र कालिमाया बुढाको घटना छानबिनका लागि लिईएको हेलिकोप्टरको शुल्क पनि गाउँपालिकाले बेहोर्ने जनाईएको छ ।

दुवै घटनाले गम्भिर बनाएको उल्लेख गर्दै अध्यक्ष घर्तीले पीडित परिवारको न्यायको लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले गाउँ कार्यपालिका बैठकले मृतकहरुको आत्मको चिर शान्तिको कामना सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना सहित शोक प्रस्ताव पारित गरेको जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्