Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युवतीलाई सामुहिक बलत्कार गरेको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक पक्राउ

काठमाडौं ९ असार ।
tribeni2

रुपन्देहीमा दुई युवतीलाई सामुहिक बलत्कार आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पक्राउ परेका छन् । यही असार २ गते राती स्थानीय दुई युवतीलाई बलत्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवाली पक्राउ परेका छन् ।

उनी प्रधानमन्त्री रोजगार कार्यक्रमको गैडहवा गाउँपालिका संयोजक रहेको खुलेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

घटनाका अन्य आरोपीहरु फरार छन् । आरोपी विष्णु थारुले असार २ गते साँझ ती युवतीहरुलाई खाजा खानका लागि बोलाएको र अन्य दुई युवासँग मिलेर बलात्कार गर्न खोज्दा एक युवती भागेकी खुलेको छ ।

तर भागेकी युवतीले गुहार माग्दा हसनापुर गाउँका स्थानीय जीवन ज्ञवालीसहित चार जनाले सहयोग नगरी उल्टै उनीमाथि पनि बलात्कार गरेको पिडितले उजुरी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  २३:०६
प्रतिक्रिया दिनुहोस्