Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

टेलिकमको लागि राखिएको घेराबारबिहिन बिद्युत ट्रान्समिटरबाट बालकलाई करेन्ट, उपचारमा समस्या

tribeni2

रुकुम पश्चिम / नेपाल टेलिकमको टावर सँगै राखिएको बिद्युत ट्रान्समिटरमा घेराबार नहुँदा खेल्दै गरेको बालकलाई करेन्ट लागेको छ । करेन्ट लागेर घाईते भएका बालकलाई उपचारमा समस्या भएको छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ३ का खड्क बहादुर खड्काका छोरा १० वर्षिय प्रकाश खड्का करेन्ट लागेर घाईते हुनुभएको हो । घटना फागुन २६ गते को हो । बेलुका घर नजिकैको खौला दखलदया भन्ने स्थानमा रहेको विद्युत प्राधिकरणको ट्रान्समिटरको कारण बालकलाई करेन्ट लागेको उहाँका काका डमर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल टेलिकमको टावर नजिकै राखिएको उक्त ट्रान्समिटरमा घेराबार छैन । बालबच्चाहरु खेल्ने स्थानमा घेराबार बिनै राखिएको विद्युत ट्रान्समिटरको करेन्टको कारण बालकको दुबै हात जलेका छन् ।

काका डमर खड्काले अहिले बालकको किर्तिपुर बर्न अस्पतालमा उपचार गरिरहेको तर उपचारको लागि आर्थिक समस्या परेको बताउनुभयो । सामान्य गरिब परिवारका भएको कारण बालकको उपचारमा समस्या भैरहेको हो । खड्काले उपचारमा सहयोग तथा क्षपिूर्तिको माग सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको समेत बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले घटनास्थल मुचुल्का सहित नेपाल टेलिकमको केन्द्रिय कार्यालयलाई समेत क्षतिपुर्तिका लागि पत्राचार गरेको बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्