Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डोल्पासँग जोडिएका आठबिसकोटका गाउँमा बिद्युत लाईन बिस्तार

tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम / जिल्लाको दुर्गम गाउँ मानिने आठबिसकोट नगरपालिकाको वडा नम्वर ४ र ६ मा बिद्यूत लाईन बिस्तारको काम तिब्र रुपमा भईरहेको छ ।

वडा नम्वर ४ को गोतामकोट र वडा नम्वर ६ को त्रिवेणी, छिमी, मन्का र करबगार लगायतका बस्तीमा बिद्यूत लाईन बिस्तार गरिएको हो । बिद्युत लाईन तानिएका यी गाउँहरुमा चाँडै नै बिजुली बल्नेभएपछि स्थानीयहरु हर्षित भएका छन् ।

अँध्यारो गाउँ, उज्यालो हुने भएपछि खुशि लागेको स्थानीयको भनाई रहेको छ । अहिले वडा नम्बर ४ र ६ नम्बर डोल्पाको सिमानासम्मको मुख्य लाइन विस्तार र ट्रान्समिटर जडानको काम तिब्र गतिमा भइरहेको छ । बिद्युत प्राधिकरणका अनुसार घरघरमा कालो तार विस्तार, मिटर जडान लगायतका काम चलिरहेको छ । जतिसक्दो चाँडो टोल टोलमा बत्ती पुर्याउन बिधुत प्राधिकरण लागिरहेको बताईएको छ ।

आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले उज्यालो पालिकाउन्मुख भएको बताउनुभयो । ग्रामीण विद्युतीकरणका लागि नगरपालिकाले पहल गरिरहेको र पालिकाका सबै वडामा केन्द्रीय प्रसारण लाईन पुर्याउने योजना रहेको नगर प्रमुख केसिले उल्लेख गर्नुभयो ।

हरेक गाउँको टोलटोलमा बिजुली बालेर उज्यालो पालिका बनाउने बिद्युत प्राधिकरणसँग समन्वय गरिरहेको नगरपालिकाको भनाई रहेको छ ।

हालसम्म अधिकांश वडामा विद्युत सेवा पुगिसकेको र बाँकी रहेको ठाउँमा पनि आधारभूत संरचनाहरू बनिसकेकोले यो वर्षभित्रै सेवा पुग्ने मेयर केसीको दाबि छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्