चौरजहारीमा धर्म स्मृति यु –१६ फुटबल प्रतियोगिता सम्पन्न

रुकुम पश्चिमको चौरजहारीमा स्वर्गिय इन्जिनियर धर्मराज बुढाथोकीको सम्झनामा धर्म स्मृति यु –१६ फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

चौरजहारी नगरपालिका –३ टाटागाउँमा स्व. इन्जिनियर बुढाथोकीको जन्मदिन र नयाँ वर्षको अवसर पारेर स्थानीयद्वारा १६ वर्ष मूनि उमेर समुहको फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा टिएफसी टाटागाउँ टिम विजयी भएको भएको छ । टिएफसी टाटागाउँ र योङ स्टार समुह बिच भएको फाईनल खेलमा दुबै समुहबाट गोल हुन नसक्दा खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा टिएफसीले ५ गोल र योङ स्टारले चार गोल हानेका थिए ।

विजेता टिएफसीले १५ हजार र उप विजेता योङ स्टारले पाँच हजार पुरस्कार हात पारेका छन् । प्रतियोगितामा चार समुहले भाग लिएका थिए । अन्य दुई समुहलाई सान्त्वना पुरस्कार दिइएको छ ।

उमेर समुह बीच जिल्लामा पहिलो पटक प्रतियोगिात्मक खेल खेलाईएको आयोजक समुहका प्रिन्स चन्दले जानकारी दिनुभयो । प्रत्येक वर्षको सुरुवाती दिनमा प्रतियोगिता राखिने बताईएको छ ।

गत असार ८ गते सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेरो जिप दुर्घटनामा परेर रुकुम पश्चिमको चौरजहारी ३ निवासी २८ बर्षका इन्जिनियर धर्मराज बुढोथोकीको ज्यान गएको थियो ।

सम्बन्धित समाचार .....

पाइलट गुमाएको रुकुमले एक महिना नबित्दै इन्जिनियर गुमायो

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्