Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : एउटै गाउँका पाँच जना बालक बेपत्ता

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका पाँच जना बालक तीन दिन देखि बेपत्ता भएका छन् ।

आठबिसकोट नगरपालिका –२ स्यालागाउँका पाँच जना बालकहरु वैशाख १ गते दिउँसोदेखि हराएको प्रहरीले जनाएको छ । हराएर बेपत्ता हुनेहरुमा स्यालागाउँका शंकर थापाका १३ वर्षिय छोरा कबिराम थापा, टेकबहादुर थापाका १३ वर्षिय छोरा मनोज थापा, मनरुप बुढाका १४ वर्षिय छोरा अब्रराम बुढा, सुमान थापाका ७ वर्षिय छोरा ईशाख थापा र लक्षिराम ओलीका १३ वर्षिय छोरा अर्जुन ओली रहेका छन् ।

नयाँ वर्षको सुरुवातकै दिन दिउँसो देखि उनीहरु घरबाटै हराएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठले वैशाख २ गते शनिबार अस्थायी प्रहरी पोष्ट स्यालाखदीमा जानकारी आएको बताउनुभयो ।

सूचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा ९ जना र अस्थायी प्रहरी पोष्ट स्यालाखदीका प्रहरी सहायक निरीक्षक शम्शेरबहादुर बोहोराको नेतृत्वमा ७ जनाको प्रहरी टोली त्यस क्षेत्रमा खोज तलासको लागि परिचालन गरिएको छ ।

यसका साथै जिल्लाका विभिन्न नाका, अन्य विभिन्न निकायहरुको सहकार्यमा बालकहरुको खोजी कार्य तिब्र पारिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्