Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

करार शिक्षकको सम्झौता रद्ध गर्ने लगायत यस्ता छन् आठबिसकोट सरकारका निर्णय

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको शनिबार सम्पन्न नगरकार्यपालिका बैठकले शिक्षाको सवालमा महत्वपूर्ण निर्णय गरेको छ । नगरकार्यपालिकाको ७८ औं बैठकले विभिन्न तीन वटा निर्णय गरेको बताईएको छ ।

नगरप्रमुख रबि केसीले नगरभरका सामुदायिक विद्यालयमा कार्यरत सबै करार शिक्षकको करार सम्झौता नविकरण नगर्ने निर्णय गरेको जानकारी दिनुभयो । नगरपालिका आफैले करारमा नियुक्त गरी कार्यरत रहेका २४६ जना शिक्षकको करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

त्यसैगरी वैशाख २० गते भित्र विद्यालय समायोजनका लागि विभिन्न निकायबाट प्रतिवेदन माग गर्ने निर्णय भएको नगरप्रमुख केसीले बताउनुभयो । यसअघि नगरपालिकाले विद्यालय मर्जका विषयमा अध्ययन गर्न एउटा कार्यदल निर्माण गरेको थियो ।

उक्त कार्यदलको प्रतिवेदनका आधारमा वैशाख २० गतेसम्म वडा शिक्षा समिति, विद्यालय, सरोकारवालाहरुसँग सम्बन्धित ठाउँमा पुगेर छलफल गर्ने र विद्यालय मर्जका विषयमा निर्णय गर्ने नगरकार्यपालिकाले निर्णय गरेको छ ।

बैठकले सबै जनप्रतिनिधिले दुई महिनाको सेवा सुविधा नलिने पनि निर्णय गरेको छ । करार शिक्षकको तलवभत्ता व्यवस्थापन लगायत शैक्षिक सुधारका लागि सबै जनप्रतिनिधिले पाउँदै आएको दुई महिनाको सेवा सुविधा नलिने कार्यपालिका बैठकले निर्णय गरेको हो ।

नगरपालिकाको आन्तरिक स्रोतबाट तलब खाने सबै शिक्षकहरूको करार सम्झौता रद्द गरेर नियामानुसार पुनः शिक्षक भर्ना गरिने जनाईएको छ ।

त्यसैगरी विद्यार्थी संख्या कम भएका र आर्थिक समस्यामा रहेका विद्यालयलाई मर्ज गर्नेगरी नगरपालिका लागि परेको जनाईएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्