Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा कक्षा ८ का २०.८५ प्रतिशत विद्यार्थी मात्र उतिर्ण

२०८० वैशाख ३
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभरी गाउँपालिकाले आधारभूत शिक्षा उतिर्ण परीक्षा (कक्षा ८) को नतिजा प्रकाशन गरेको छ ।

गत चैत्र ५ गते देखि १२ गते सम्म सञ्चालन भएको गाउँपालिकास्तरिय परीक्षामा जम्मा २०.८५ प्रतिशत मात्र विद्यार्थी उतिर्ण भएका छन् । सानीभेरीमा कक्षा ८ का ७९.१५ प्रतिशत विद्यार्थी अनुतिर्ण भएका छन् ।

गाउँपालिका भित्रका २२ वटा विद्यालका ६८१ जना विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी भएका थिए भने जम्मा १४२ जना मात्रै उतिर्ण भएको नतिजामा उल्लेख छ ।

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जारी गरेको नतिजा प्रकाशनको सूचना अनुसार २ वटा विषयमा फेल भएका विद्यार्थीहरुका लागि ग्रेड वृद्धिको परीक्षाको व्यवस्था गरिएको छ । ग्रेड बृद्धिको परीक्षा २०८० बैशाख १७ र १८ गते तोकिएको छ । ग्रेड बृद्धि गर्न चाहने विद्यार्थीहरुले बैशाख ८ गते भित्र फाराम भरिसक्नु पर्ने उल्लेख छ ।

२ वटा विषयमा फेल भएका विद्यार्थीहरु १६६ जना छन भने ३७३ जना विद्यार्थीले कक्षा दोहोर्याउने शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत भूपाल सिं विष्टले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्